नियम १५२
तामेलदार उपर कारबाही हुन सक्ने
(१) तामेली गर्न पठाइएको म्याद तामेलदारले बुझी लिएको मितिले बाटाको म्याद बाहेक पन्ध्र दिनभित्र तामेल गरी तामेली प्रतिवेदन पेस गर्नु पर्नेछ ।
(२) कुनै तामेलदारले उपनियम (१) बमोजिमको अवधिभित्र म्याद तामेल नगरेमा वा म्याद तामेल गर्दा पटक पटक बेरीत हुने गरी तामेल गरेमा त्यस्तो तामेलदार उपर विभागीय सजाय हुनेछ ।